८ जेष्ठ २०७९, आईतवार

विशमको बहुप्रतिभा: आफ्नै एरेन्ज, स्वर र अभिनयमा ल्याए नयाँ गीत (भिडियोसहित)



५ फागुन, काठमाडौं । संगीत संयोजनमा आफ्नो पहिचान बनाइसकेका युवा गाएक विशम आचार्यले ‘लाग्दैन मलाई तिम्रो भर’ बोलको युगल गीत सार्वजनिक गरेका छन् । प्रणय दिवशलाई अवसर पारेर आचार्यले आफ्नै युट्युव च्यानलमा गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

विशमलाई युगल गायनमा श्रद्धा प्रसाईँले साथ दिएकी छिन् । अल्लारे केटोले एकोहोरो पछ्याइरहेको तर केटीले वास्ता नगरेको भावको गीतको शब्द/संगीत युवा सर्जक लेखु सहयात्रीले तयार पारेका हुन् । यसअघि पनि लेखुकै शब्द/संगीतमा आचार्यले ‘माया देउ’ बोलको गीत बजारमा ल्याएका थिए । गीतको संगीत संयोजन बिषम आफैले गरेका हुन् । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गरिएको गीतमा साजन साहको ध्वनी सम्पादन छ ।

रोचक पक्ष के छ भने यो गीतको भिडियोमा मुख्य पात्रको रूपमा गायक विशमले नै अभिनय गरेका छन् । भिडियो हेर्दा कुनै उदाउदो गायकले रहरमा गरेको अभिनयको आभाष पटक्कै हुदैन । बरू रंगमञ्चमा लामो संघर्षपश्चात् अभिनयमा खारिएको कलाकारको म्युजिक भिडियोमा आगमन भएको आभाष हुन्छ । गायिका श्रद्धा प्रसाईँले पनि आफ्नो भूमिकामा खुलेरै अभिनय गरेकी छिन् ।

यति मात्र कहाँ होर गीतको भिडियोमा भ्वोइस अफ नेपालको दुई सिजनका फाइनलिस्ट विकाश लिम्बु र ज्वाला राइको पनि गज्जवको अभिनय हेर्न सकिन्छ । दिपक तामाङ र विवश भट्टराइले पनि अभिनयमा साथ दिएका छन् ।

बिषमको गृह जिल्ला झापामा खिचिएको गीतको भिडियो छायाँकन विशाल थापाले गरेका हुन् । अभिनय मात्र होइन यो गीतको भिडियो सम्पादन समेत ज्वाला राइले नै गरेका हुन् । सुरज तामाङको कथा र निर्देशनमा तयार पारिएको भिडियो वास्तवमै उत्कृष्ट बनेको छ ।

भिडियो हेर्नुहोसः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको