८ जेष्ठ २०७९, आईतवार

नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको