८ जेष्ठ २०७९, आईतवार

सभामुखले बोलाए आजका लागि सर्वदलीय बैठक




काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई सभाामुख सापकोटाले छलफलमा बोलाएका हुन् ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता भने सहभागी हुने र नहुने टुंगो छैन । एमाले सभामुखसँग रुष्ट छ । एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसदमा अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको