८ जेष्ठ २०७९, आईतवार

सभामुखलाई एमालेका दियो दुई विकल्प




काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई दुई विकल्प दिएको छ । मार्गप्रशस्त गर्ने वा आफ्नो गल्तीलाई सच्याएर अघि बढ्नेबारे उनलाई एमालेले विकल्प दिएको हो । आइतबार एमाले अध्यक्ष केपी अ‍ोली निवास बालकोटमा बसेको सचिवालय बैठकले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको विषयमा सभामुखको भूमिकालाई दिएर सापकोटालाई दुई विकल्प दिएको हो ।

‘सभामुखको भूमिका उहाँले निर्वाह गर्न सक्नुभएन । उहाँको भूमिकाप्रति हाम्रो आपत्ति रहेको छ । १४ जना सांसदलाई कारबाही गर्ने एमालेको निर्णयमा सभामुखले आफ्नो गल्तीलाई सच्याउने वा जारी अवरोध अन्य गर्नका लागि मार्गप्रशस्त गर्ने भन्ने दुई विकल्प हामीले दिएका छौँ’, बैठकपछि महासचिव शंकर पोखरेलले भने ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको