१५ जेष्ठ २०७९, आईतवार

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर




काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार बिहान प्रधानन्यायाधीशविरुद्ध सत्तारुढ दलहरूका तर्फबाट महाभियोग प्रस्ताव दर्ता भएको हो ।

सत्ता गठबन्धनमा रहेका नेपाली का‌ंग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्तावमा हस्ताक्षर रहेको संसद सचिवालयका सचिय गोपालनाथ योगीले जानकारी दिए ।

उनका अनुसार महाभियोग दर्ता गर्न कानुनमन्त्री दिलेन्द्र बडू, ऊर्जामन्त्री पम्फा भुसालसहित नेताहरू गगन थापा, देव गुरुङ जीवनकुमार श्रेष्ठलगायत संसद् सचिवालय पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको