७ जेष्ठ २०७९, शनिबार

हिउँमा फसेका ५५ जनाको हेलिकप्टरबाट उद्दार गरिने




सुर्खेत । जुम्लाको तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्ला र ध्वनि लेकमा हिउँमा फसेका ५५ जनाको हेलिकप्टरबाट उद्दार गरिने भएको छ । माघ २० गते आएको हिउँका कारणले सेतक चिनी (खिरउलो) टिप्न गएका ५५ जना हिउँमा फसेको उनीहरुको हेलिकप्टरबाट उद्दार गरिने भएको हो ।
हिउँमा फसेको कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न हेलिकोप्टर पठाउन तयारी गरेको हो ।
गाग्रा लेकमा फसेका ५५ जनाको राहत तथा उद्धारका लागि तत्काल ड्राइफुडसहित नेपाली सेनाको सानो हेलिकोप्टर पठाउने तयारी भईरहेको प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए ।
नेपाली सेनाको ठुलो हेलिकप्टर नभएका कारणले अहिले सानो हेलिकप्टरबाट त्यहाँ ड्राईफुट खसाल्ने र ठुलो हेलिकप्टरबाट उद्दार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए ।
चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर जाने तयारी भइरहेको स्थानीय सुरतबहादुर शाहीले जानकारी दिए ।
हिउँमा फसेका मध्ये जैकुवाँरा शाही र तातोपानी ७ बाह्रगाउँका मुनबहादुर रावतको चिसोमा कारणले मृत्यु भएको शाहीले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको