हिउँले ढाकियो चन्द्रागिरि डाँडा, हिँउ खेल्नेको घुइँचो-फोटो फिचर
२१ माघ, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली देशभर सक्रिय भइरहदा राजधानी नजिकैको आकर्षक पर्यटकीय क्षेत्र चन्द्रागिरि हिउँले ढाकिएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडोमा हिमपात भएको हो ।
चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहका अनुसार चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रहरू हिउँले सेताम्य भएका छन् ।
गत पुसको दोस्रो साता उक्त स्थानमा हिउँ परेकामा आज दोस्रोपटक बाक्लो हिमपात भएको हो । पहिलोपटक हिउँ पर्दा चन्द्रागिरिमा सैयौँ युवा-युवती हिउँ खेल्न आएको महाप्रबन्धक शाहले जानकारी दिए ।
अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनाका साथै अन्य धेरै स्थानमा वर्षा भइरहेको छ ।
तस्बिर: प्रदिपराज वन्त/रासस






