८ जेष्ठ २०७९, आईतवार

युवा गायक करणराज कार्कीको नयाँ गीत ‘ए साईँली’ सार्वजनिक (भिडियोसहित)



२१ माघ, काठमाडौं । युवा गायक एवम् संगीतकार करणराज कार्कीको युगल गीत ‘ए साईँली’ सार्वजनिक भएको छ । संगीत भकारी युट्युव च्यानलबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

‘ए–साईँली’ मा करणराजलाई युगल गायनमा मेचु धिमालले साथ दिएकी छिन् । सुगम संगीतमा लोक भाव मिश्रण गरिएको यो गीतमा करणराजले नै संगीत भरेका हुन् । गीतमा लेखु सहयात्रीको शब्द र देवेश राईको संगीत संयोजन रहेको छ । ए–वन म्यूजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनी सम्पादन किशोर थापाको गरेका हुन् ।

साईँलीको भूमिकामा रोश्नी कार्की र साईँलाको भूमिकामा बिपिन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । भिडियोको छायाँकन अनिल के. मानन्धर र सम्पादन विष्णुहरी तिमल्सिनाले गरेका हुन् । नुवाकोट र धादिङ्ग जिल्लाका विभिन्न स्थानमा खिचिएको गीतको भिडियो निर्देशन मौसम हीमालीले गरेका हुन् ।

रारापाटीसँग कुरा गर्दै गायक करणराजले ‘भ्यालेनटाइन डे’ अर्थात् प्रणय दिवशलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको बताए । कार्कीले भने, ‘शब्द, संगीत, गायन र भिडियो मेकिङ्गमा पनि आफ्नो तर्फबाट धेरै नै मेहनत गरेको छौँ । बाँकी दर्शक, स्रोताले हाम्रो कामलाई मनपराई दिएर यस क्षेत्रमा टिकिरहने हौसला दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’

तीन हप्ता अघि सार्वजनिक ‘ए–साईँली’को तामाङ्ग भर्सनलाई देश–विदेशमा निक्कै मन पराइएको छ । चर्चित गायक राजु लामा र सुनिता थेगीमको स्वर रहेको गीत युट्युव ट्रेन्डिङ्गमा समेत परेको थियो । अहिले नेपाली भर्सन अफिसिएल म्यूजिक भिडियोसहित बजारमा ल्याइएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको