१५ जेष्ठ २०७९, आईतवार

आर्सनलका स्ट्राइकर पियरी एम्रिक बार्सिलोनामा आवद्ध



२० माघ, काठमाडौं । आर्सनलका स्ट्राइकर पियरी एम्रिक अबुमियाङ स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका छन् । स्ट्राइकर अबुमियाङसँग सम्झौता भएको बार्सिलोनाले पुष्टि गरेको छ ।

गाबोनका ३२ वर्षीय स्ट्राइकर अबुमियाङसँग सोमबार नै सम्झौता भएको बार्सिलोनाले जनाएको हो ।

उनलाई इंग्लिस क्लब आर्सनलबाट फ्री ट्रान्फरमा आबद्ध गरिएको हो ।

आर्सनलबाट १६३ खेलमा ९२ गोल गरेका उनले गत डिसेम्बरदेखि क्लबबाट खेलेका थिएनन् । अनुशासनको कारबाही गर्दै उनलाई आर्नसलले खेलाएको थिएन ।

बार्सिलोना र अबुमियाङबीच ३ वर्ष ६ महिनाका लागि सम्झौता भएको बताइएको छ ।

आर्सनलमा सन् २०१८ मा आबद्ध हुनुअघि उनले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट खेलेका थिए। उनले डर्टमन्डमा २०१३ देखि २०१८ सम्ममा १४४ खेलमा ९८ गोल गरेका थिए ।

सन् २००९ मा गाबोनको राष्ट्रिय टिममा डेब्यू गरेका उनले ७२ खेलमा ३० गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको