९ आश्विन २०८०, मंगलवार

‘संघीयतामा शिक्षा’ पुस्तकका बारेमा



कितावको पृष्ठभूमी पढ्दा लामो समय लगाएर लेखेको र मेरै पढाउने पेसासँग जोडिएको पाएँ । अनि पाठका शीर्षकहरू भित्र पसेर पढ्न थालें । त्यहाँ आफै २५ वर्ष शिक्षण पेशामा रहँदा भोगेका, देखेका, सुनेका र पढेका विषय, सन्दर्भ, समस्या र चुनौतीहरूका बारेमा सङ्ग्रह गरिएको भण्डारणजस्तो पाएँ । लेखाईको तिखो शैली पाएँ । सन्दर्भहरूको उठान रमाइलो लाग्यो । शिक्षासम्वद्ध सबै सरोकारवालाहरूलाई एक एक गरेर शल्यक्रिया गरे जस्तो लाग्यो ।

यो पुस्तकको शीर्षक नै मलाई नयाँ लाग्यो । देशको शासन व्यवस्थासँगै उदायजस्तो लाग्यो । सायद अरूका प्रकाशन मैंले पढ्न नपाएको भएर पनि होला । त्यसैले यसको शीर्षकले मलाई तान्यो । पुस्तकसम्म पुगें । कितावको पृष्ठभूमी पढ्दा लामो समय लगाएर लेखेको र मेरै पढाउने पेसासँग जोडिएको पाएँ । अनि पाठका शीर्षकहरू भित्र पसेर पढ्न थालें । त्यहाँ आफै २५ वर्ष शिक्षण पेशामा रहँदा भोगेका, देखेका, सुनेका र पढेका विषय, सन्दर्भ, समस्या र चुनौतीहरूका बारेमा सङ्ग्रह गरिएको भण्डारणजस्तो पाएँ । लेखाईको तिखो शैली पाएँ । सन्दर्भहरूको उठान रमाइलो लाग्यो । शिक्षासम्वद्ध सबै सरोकारवालाहरूलाई एक एक गरेर शल्यक्रिया गरे जस्तो लाग्यो । साथै कहिँकतै सम्पादकीय कमजोरी पनि पाएँ । समग्रमा मलाई त्यो पुस्तकको विषयवस्तु, देशको वर्तमान सन्दर्भ र लेखकको प्रस्तुति मन पर्यो।

त्यसैले पुस्तकको विमोचनमा जाने इच्छा जाग्यो । निम्तो पनि पाएँ । विमोचनको पूरा समय बसेर सबैका कुरा सुनें । उनीहरूका कुरा सुन्दै जाँदा म आफैले उक्त पुस्तक पढेर दिमागमा संकलित कुराहरू र सुनिरहेका कुराहरू म भित्रै दुई समूह भएर जम्मा हुन थालिसकेका थिए । कतै मिल्न खोज्थे त कतै अन्तरविरोध । जे होस् विमोचनका क्रममा प्राप्त ज्ञानले मलाई लेखाईको नयाँ खाका दियो । सबै विचारलाई समेटेर समग्रतामा सानो प्रतिक्रिया लेखेर सार्वजनिक गर्ने विचार आयो ।

यो पुस्तक यही पौष २४ गते प्रा. डा. विद्यानाथ कोइराला, प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा. जगत उपाध्याय र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव डा. हरि लम्सालद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो । विमोचनको सुरुमा लेखकले पुस्तकका बारेमा संक्षिप्त जानकारी दिंदै केही शीर्षकका बारेमा उल्लेख गरेका थिए । लेखकका गुरू खड्गबहादुर सिंजापतिले पुस्तकले धरातलीय यथार्थतालाई सबै सामु छर्लङ्ग पारेको भनेर प्रशंसा गरेका थिए भने लेखकका विद्यार्थी तथा काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पुस्तकका बारेमा थप कुरा गरेका थिए । लेखकको संक्षिप्त विचार सहित पुस्तकका बारेमा मलाई यसरी प्रस्तुत गर्न मन लाग्यो ।

समयक्रम र विश्व परिवेशका आधारमा नेपालको शिक्षामा आवश्यक र अपेक्षित सुधार हुन नसकिरहेको बेलामा नयाँ शासन व्यवस्थाले आम नागरिकलाई महशुस हुने गरेर शिक्षा क्षेत्रमा विकास गर्नु पर्दछ र यसका लागि पुस्तकमा उल्लेखित चुनौतीहरू केन्द्रित भई योजना निर्माण र कार्यान्वयन हुन सक्यो भने केही राम्रो होला भन्ने मान्यतामा यो पुस्तक तयार गरिएको हो । मैंले कहि कतै बसेर र पढेर पुस्तक तयार गरेको होइन । यो त बिसौँ वर्ष भोगेर, देखेर र अनुभव गरेर लेखेको हुँ ।

–डा. मीनबहादुर शाही, लेखक

पुस्तकले शिक्षा क्षेत्रका विविध पक्ष र तीनसँग सम्वद्ध चुनौतीका साथै भविष्यका लागि सम्भावित सम्भावनाहरूका बारेमा उल्लेख गरेकाले यो पुस्तक नीति निर्माण देखि विद्यालयतहमा कार्यरत सरोकारवालाहरूसम्मलाई उत्तिकै उपयोगी छ । यसमा उल्लेखित चुनौती समाधान गर्न योजनाहरू सफल हुन पर्दछ ।

–खड्गबहादुर सिंजापती, पूर्व प्रधानाध्यापक, हाल सक्रीय राजनीतिज्ञ, नेपाली काँग्रेस

यस पुस्तकले ‘सङ्घीयतामा शिक्षा’को व्यवस्थापन कति चुनौतीपूर्ण छ भन्ने बारेमा उल्लेख गर्नुका साथै कतै सङ्घीयता नै असफलतातिर जान सक्ने कुरा संकेत गरेको छ । यसमा शिक्षासँग जोडिएका धेरै चुनौतीहरू उजागर गरिएको छ र यीं र यस वाहेकका पनि अन्य चुनौतीहरूलाई योजनावद्ध रूपमा समाधान गर्दै सङ्घीयतालाई स्थापित गर्न आवश्यक छ । अनि मात्र शिक्षाको गुणस्तर सुनिश्चित हुन्छ ।

–प्रा. जगत् प्रसाद उपाध्याय, सदस्य–सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान

जसमा एउटा बुँदा “स्कुल कस्को”भन्ने समेटिएको छ । लेखकले उठाएको यस बुँदासँग मेरो पनि सहमति छ । यो अन्योल नै हाम्रो शिक्षाको गुणस्तर कमजोर हुनको एउटा प्रमुख कारण हो । अपनत्वको अभाव नै हो ।

यस पुस्तकमा धेरै समस्या र चुनौतीहरूका बारेमा चर्चा गरिएको छ । जसमा एउटा बुँदा “स्कुल कस्को”भन्ने समेटिएको छ । लेखकले उठाएको यस बुँदासँग मेरो पनि सहमति छ । यो अन्योल नै हाम्रो शिक्षाको गुणस्तर कमजोर हुनको एउटा प्रमुख कारण हो । अपनत्वको अभाव नै हो ।

– डा. हरि लम्साल, सह–सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (समीक्षक)

लेखक विकासे पृष्ठभूमिको भएकाले विविध क्षेत्रका अनेकन समस्या र चुनौतीहरू यस पुस्तकमा उल्लेख गरिएका छन् । यीं समस्याहरू शिक्षा क्षेत्रसँग सम्वद्ध छन् र शिक्षाको गुणस्तर सुधारका लागि यिंनीहरूको सुधार र समाधान आवश्यक छ । यसमा उल्लेखित समस्याहरू एउटा कोणबाट ठिकै देखिए पनि यसका अन्य विकल्पहरू पनि हुन्छन् । यसमा समाज र प्रविधिका अन्य मान्यता पनि हुन्छन् । त्यसैले तीं मान्यताहरूलाई पनि ध्यान दिनुपर्दछ ।

– प्रा. डा. विद्यानाथ कोइराला (समीक्षक)

आफ्ना जीवनको उर्वर समय सिमान्तकृत वर्गको शिक्षाको पहुँच र गुणस्तरका लागि विभिन्न भूगोल र भूमिकामा रहेर योगदान दिएका लेखकले शिक्षाको कार्यान्वयन तहका मसिना कुराहरू उल्लेख गरेर एकिकृत रूपमा तयार भएको पुस्तक भएकाले ठुलाठुला दर्शनका कुरा गर्ने मानिसहरू भन्दा कार्यान्वयन तहमा रहेका मानिसका लागि यो पुस्तक निकै उपयोगी छ ।

–यज्ञविक्रमशाही, प्रमुखकार्यकारी अधिकृत/डेभसुट्स

मैंले दिएको तालिम किन कक्षा कोठामा कार्यान्वयन भएको देखिदैन भन्ने चासो राखेर पढें । अनि त्यहाँ मेरा प्रश्नको उत्तरको भण्डार नै पाएँ । त्यहाँ त शिक्षक स्वयम्, विद्यालय व्यवस्थापन,नीति नियम, साधन स्रोत र विद्यालयको नेतृत्व सबैको समग्रताको कुरा रहेछन् । यिनीहरूको तादाम्यता नमिलेर मेरो तालिम कक्षामा देखिन गाह्रो रहेछ ।

मैंले पुस्तकपढ्दा धेरै कुराहरू बुझेन । सायद तीं विषयहरू नीति निर्माण र व्यवस्थापनका थिए र मेरो रूची थिएन । मैंले विद्यालय तह र शिक्षक तालिमका कुरा खोजीखोजी पढें । मैंले दिएको तालिम किन कक्षा कोठामा कार्यान्वयन भएको देखिदैन भन्ने चासो राखेर पढें । अनि त्यहाँ मेरा प्रश्नको उत्तरको भण्डार नै पाएँ । त्यहाँ त शिक्षक स्वयम्, विद्यालय व्यवस्थापन,नीति नियम, साधन स्रोत र विद्यालयको नेतृत्व सबैको समग्रताको कुरा रहेछन् । यिनीहरूको तादाम्यता नमिलेर मेरो तालिम कक्षामा देखिन गाह्रो रहेछ । त्यसैले समग्र सुधार नभएसम्म मेरो तालिम कक्षामा जान नसक्ने रहेछ ।

–सफला मैया राजभण्डारी, बरिष्ठ प्रशिक्षक, निर्देशक/पल्लव शिक्षा

लेखक हमाल मेगस इङ्लिस स्कुल, कीर्तिपुरका नेपाली विषयका शिक्षक हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको