१५ जेष्ठ २०७९, आईतवार

जेठमा निर्वाचन नभए पदबाट राजीनामा दिने गाउँपालिका अध्यक्षको घोषणा




सुर्खेत । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले संबैधानिक व्यबस्था अनुसार जेठमा स्थानीय तहको निर्बाचन नभए पदबाट राजीनामा दिने घोषणा गरेका छन् । स्थानीय सरकारको अबधि पाँच बर्षको रहने भनी संबिधान व्यवस्था भएको त्यही आधारमा आगामी जेठ महिनामा पाँच वर्ष पुग्ने त्यो मितिमा निर्वाचन नभएका आफुले गाउँपालिका अध्यक्षबाट राजीनामा दिने बताएका हुन् ।
वर्तमान गठबन्धन सरकार स्थानीय तहको निर्वाचनको मिति सार्ने तयारीमा रहेको शंका गर्दै उनले तोकिएकै समयमा चुनाव नगरे पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘सरकारले चुनाव घोषणा गरेन भने पनि म संविधान र जनताको अभिमतको कदर गर्दै २०७० साल जेठ ४ गते ठिक १ बजे नै जनताका नाममा सपथ खाएको समयमा आफ्नो पालिकाको अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’
नेपाली कांग्रेस दैलेख जिल्ला कार्य समितिका सचिवसमेत रहेका ओलीले संबैधानिक व्यवस्था अनुसार स्थानीय सरकारको अबधि आगामी जेठ ५ गते सकिने बताए । ‘हामीले २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा निर्बाचित भएपछि जेठ ४ गते १ बजे सफत खाएका हौं ।’ उनले भने,‘अहिलेको सरकारले पनि त्यसै मितिसम्म निर्बाचन गरोस । यदि सरकारले जेठ भित्र निर्बाचन नगरे मैले सपथ खाएको मिति अनुसार नै पदबाट राजीनामा दिन्छु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको