६६ वर्षीय घरबेटीद्वारा ४८ वर्षीय डेरावालको हत्या
२७ भाद्र, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक घरबेटीले डेरामा बस्ने व्यक्तिको हत्या गरेका छन् । सामान्य विवादमा घरबेटीले आग्लोले हिर्काएर डेरावालको हत्या गरेको प्रहरीले जनाएको छ ।
कीर्तिपुर नगरपालिका–७ भाजङ्गलका ६६ वर्षीय कृष्ण महर्जनले बारा कलैया उपमहानगरपालिका–५ का ४८ वर्षीय शम्भु चौधरीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घरभेटीको आग्लो प्रहारबाट गम्भीर घाइते चौधरीको कीर्तिपुर मोडल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
चौधरीको हत्या आरोपित महर्जनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।