७ जेष्ठ २०७९, शनिबार

सिडियोसहित कार्यालयका कर्मचारी कोरोना संक्रमण देखिएपछि एक हप्ता सेवा बन्द




सुर्खेत । जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारीलगाएतका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका सबै सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि (बुधबार) माघ ६ गतेदेखि एक हप्ताका कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगाएतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
आफु बर्दिया जिल्लाबाट सरुवा भएर कालीकोट आउँदा चिसो मौसम परेको र लगत्तै जिल्लाका धेरै कार्यक्रममा सहभागी हँुदा आफुलाई स्वास्थ्यमा असहज भई टन्सिल भएपछि कोरोना परीक्षण गराउँदा कोरोना पुष्टी भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
कार्यालय धेरै जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएका कारणले कार्यालयबाट प्रवाह हुने सेवा एक हप्ताका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत गौरा कुमारी घर्तिमगरले तेस्रो लहरको कोरोनाबाट कालीकोटमा ७१ जना सक्रमित भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको