१५ जेष्ठ २०७९, आईतवार

फुकोट कर्णाली जलविद्युत आयोजनामा स्थानीयले १० प्रतिशत सेयर पाउने



सुर्खेत । कालीकोटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाले स्थानीयबासीलाई १० प्रतिशत सेयर दिने भएको छ । आयोजनास्थल कालीकोटका रास्कोट नगरपालिका–९ भात्तती आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजनाले स्थानीयबासीलाई १० प्रतिशत सेयर दिने जनाएको हो ।
छ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको फुकोट जलविद्युत आयोजनाको ४२६ मेगावाट क्षमता रहेको र छ सय मिटर सुरुङ्ग निर्माण गरिने आयोजनाका प्रमुख हिराचन वाइवाले बताए ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीलाई आयोजनाका निर्माणका लागि १० प्रतिशत सेयर दिने आयोजना प्रमुख वाइवाले जानकारी दिए । ‘माटोको अवस्था, चट्टान लगाएतका भौर्गभिक अध्यायन सकिएको छ ।’ उनले भने ,‘करिब १० हजारभन्दा रुख कटान हुने अनुमान गरेका छौं । एक रुख बराबर १० रुख रोपिने छन् । एक लाख रुख रोप्ने लक्ष्य राखेको छ ।’
आयोजना निर्माणमा रु.९२ अर्ब रुपैयाँ लगानी हुने त्यसका लागि १० प्रतिशत स्थानीय र आयोजना प्रभावितले पाउने आयोजनाका विज्ञ शिवशंकर कार्कीले जानकारी एि ।
अहिले भौगर्भिक अध्यायनका लागि सुरुङ्ग खन्न थालिएको सुरुङ्ग अध्यायनपछि त्यसैबाट खन्न वा अर्को ठाउँमा सुरुङ्ग खन्ने भन्ने बिषयमा एकिन हुने आयोजना प्रमुख वाइवाले जानकारी दिए । ‘अहिले पनि आयोजनाका अध्यायनको काम पूर्ण रुपमा सकिएको छैन् ।’ उनले भने,‘आयोजनाका बिषयमा विस्तृत अध्यायनका लागि नै अहिले परीक्षण सुरुङ्ग खन्न थालिएको हो ।’
आयोजना निर्माणका लागि अहिले परीक्षण सुरुङ्ग खन्ने र आवासका लागि घर निर्माणका काम थालनी भएको आयोजना प्रमुख वाइवाले बताए । ‘चाडै आवासका निर्माणका काम शुरु हुदैँछ ।’ उनले भने,‘यही गतिमा काम अगाडी बढे लक्ष्यमा पुरा हुन्छ ।’
आगामी छ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको आयोजनाले जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको आयोजनाले जनाएको छ ।
जलविद्युत आयोजनाको बाँध निमाणबाट डुबानमा पर्ने कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
आयोजना निर्माणका लागि एक हजार १४९ परिवार प्रभावित भएको र आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ प्रतिशत र आंशिक जग्गा परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइवाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको