८ जेष्ठ २०७९, आईतवार

नेपाली सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट एक सुत्केरीको उद्धार



सुर्खेत । जाजरकोट जिल्लाको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–५ निवासी २५ वर्षिय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबट नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याईएको हो ।

स्थानीय स्वास्थ्य चौकीमा २ वटा जुम्ल्याह छोराको जन्म दिएकी रावललाई सुत्केरीपछिको रक्तअल्पता भएपछि गत पौष २९ गते रुकुमपश्चिमको चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो ।
शिशु जन्मेको १४ दिनपछि अस्पतालमा भर्ना भएकी रावलको शरिरमा कडाखालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान विरामीका आफन्तलाई दिएको सल्लाह अनुसार सुर्खेत ल्याईएको उनका श्रीमान धन वहादुर रावलले जानकारी दिए ।

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन शाखा काठमाडौंले सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरेको हो ।
सुत्केरी महिलाका २ जुम्ल्याह छोरा घरमा नै सामान्य अवस्थामा रहेको पारिवारिक उनका श्रीमानले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको