३ आश्विन २०८०, बुधबार

कंगनाको ४८ करोडको कार्यालयमा मुम्बइ नगरले चलायो डोजर



२६ भाद्र, काठमाडौं । चर्चित भारतीय अभिनेत्री कंगना रनावतको कार्यालयमा मुम्बई नगर निगमले डोजर चलाएको छ । कंगनाको कार्यालय अवैध तरिकाले निर्माण गरिएको भन्दै डोजर चलाइएको नगर निगमले जनाएको छ ।

मुम्बइको बान्द्रास्थित पाली हीलमा रहेको कंगनाको कार्यालय कानूनी दायरा मिचेर निर्माण गरिएको भन्दै मुम्बई नगर निगमले २४ घण्टे अल्टिमेटसहितको सुचना टाँसेको थियो । तोकिएको समयमा कंगनाको कार्यालयबाट कुनै प्रतिनीधि सम्पर्कमा नआएपछि बुधबार दिउँसो डोजर, क्रेन प्रयोग गरी निगमले कार्यालय तोडफोड गरिदिएको छ ।

उता कंगनाका वकिलले बुधबार नै मुम्बई नगर निगम विरूद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेका छन् । कंगनाले ट्वीटरमा लखेकी छन्, ‘भत्काइएको संरचना मेरो व्यक्तिगत कार्यालय होइन राम मन्दिर हो ।’ उनले आफू मुम्बई आइनपुग्दै महाराष्ट्र सरकारले नियोजित ढङ्गले गुण्डाहरू लगाएर सामुदायिक महत्वको संरचना भत्काएको आरोप लगाएकी छन् ।

४८ करोड लागतमा निर्माण गरिएको उक्त कार्यालय कुनै गेह्रकानूनी तवरले निर्माण नगरिएको कंगनको दावी छ । कोरोना महामारीका कारण भारतको केन्द्र सरकारले ३० सेप्टेम्बरसम्म यस्ता कार्यहरू नगर्न आदेश दिएका बेला मुम्बइ नगर निगमले बलमिच्याई गरेको कंगनाले ट्वीटरमा उल्लेख गरेकी छन् । नगर निगमले भने आधिकारीक सुचना टाँस्दा पनि कंगनाले काम नरोकेपछि संरचना भत्काउन बाध्य भएको बताएको छ ।

कंगना बुधबार २ बजे मुम्बइ पुगिसकेकी छन् । उनका वकिलले उच्च अदालतमा मुद्दा दर्ता गरिसकेको अवस्थामा कंगनाले कस्तो कदम चाल्लिन् ? त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

यो पनि पढ्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको