१४ जेष्ठ २०७९, शनिबार

स्थानीय तहको निर्वाचन समयमै गर्ने गरी तयारी गर्न सुझाव




काठमाडौं । पाँचदलीय गठबन्धनको उच्चस्तरीय सरकार सञ्चालन समन्वय समितिको बैठक सकिएको छ । राष्ट्रिय सभा निर्वाचन, स्थानीय निर्वाचन, संसद्को गतिरोध र कोरोना महामारी नियन्त्रणबारे छलफल गर्न आज प्रधानमन्त्रीनिवास बालुवाटारमा समन्वय समितिको बैठक बसेको थियो ।

बैठकमा कोरोना महामारीलाई ध्यानमा राख्दै स्थानीय तहको निर्वाचन समयमै गर्ने तयारी गर्न सुझाव दिएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए । पार्टीभित्र छलफल गरेर अर्को बैठक पुनः बिहीबार बस्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको