१४ जेष्ठ २०७९, शनिबार

मृगौला प्रत्यारोपण गर्न नसकेर छटपटिएका गणेश नेपालीको अपिल



३ माघ, दैलेख । गरिवीका कारण दैलेखका एक युवा मृगौला प्रत्यारोपण गर्न नसकेर छटपटाइरहेका छन् । आर्थिक विपन्नताका कारण आठबीस नगरपालिका–१ सातलाका ३७ वर्षिय गणेशबहादुर नेपालीको मृगौला प्रत्यारोपण हुन सकेको छैन् । हाल गणेश मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन। उनी दुई वर्ष अगि दुइटै मृगौला फेल निरन्तर डायलायसिस गरेर बाँचिरहेका छन् ।

हप्तामा दुई पटक डायलायसिस गरेर जीवन धानिरहेका गणेशलाई उनकी आमा ६९ वर्षीया सिद्ध दमेनी एउटा मृगौला दिई पुनःजीवन दिन चाहन्छन् । मृगौला प्रत्यारोपणका लागि गणेश र उनकी आमाको स्वास्थ्य परिक्षण भसकेको छ। गरिवीका कारण मृगौला प्रत्यारोपणका लागि आवश्यक रकम जुटाउन नसक्दा प्रत्यारोपण रोकिएको छ।

गणेशले भने, ‘आमा मृगौला दिन तयार हुनुहुन्छ तर प्रत्यारोपणका लागि चाहिने खर्च जुटाउन सकेको छैन् । अहिले हप्तामा दुई पटक डायलायसिस गरेर बाँचिरहेको छु ।’ गरिबीकै कारण मृगौला प्रत्यारोपण गर्न नसकेको उनले बताए।

हालसम्म ७ लाख रुपैयाँ उपचार खर्चमै सकिएकाले रकम अभावमा मृगौला प्रत्यारोपण अनिश्चित बनेको गणेशले बताए । उनले भने, ‘अस्पतालले केही रकम सरकारले व्यहोर्छ भनेको छ, हामीले ७ लाख रुपैयाँ जोहो गर्नु पर्नेछ, रकम जोहो गर्न अस्पतालले ताकेता गरेको छ, तर कहाँबाट जुटाउने केही उपाय छैन् । सम्पती बेचेर उपचार गरौँ भने आफ्नो नाममा एक टुक्रा जमिन छैन् ।’

काठमाडौंमा कोठाभाडा तिर्न र छाक टार्नसमेत हम्मेहम्मे परेको उनले बताए। उनीसँग निरन्तर डायलासिस गर्न समेत पैसा छैन् । गणेश मृगौला प्रत्यारोपण गर्ने पैसा कहाँबाट ल्याउने भन्ने पिरलोमा छन् ।

गरिब, दलित तथा सुकुम्बासी परिवारका गणेशलाई मृगौला प्रत्यारोपणमा सहयोग गर्न स्थानीय युवा बीरबहादुर नेपालीले आग्रह गरे। उनले भने, ‘आर्थिक अभावमा गणेश जीवनमरणको दोषाँधमा छन्, उनलाई सहयोग गर्ने कोही छैन् । परिवारको साहारा पनि उनै गणेश हुन्।’ बीरबहादुरका अनुसार परिवारको साहारा रहेका गणेशका दुइटै मृगौला फेल भएपछि पत्नी र सन्तानको बिचल्ली परेको छ। गणेशका चार छोरी, दुई छोरा र पत्नी रहेका छन्।

उनले आफूलाई पुनःजीवन दिनका लागि देश तथा विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई हिमालयन बैंक लिमिटेड मा गणेश बहादुर नेपालीको नाममा रहेको बैंक खाता नं.००२०८७७०८०००१३ मा रकम जम्मा गरी सहयोग गरिदिनका लागि अपिल गरेका छन् । सहयोगदाता व्यक्ति तथा संस्थाले गणेशको मोबाइल नम्बर ९८४३५९६९६० मा सिधै पनि सम्पर्क गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको