८ माघ २०७८, शनिबार

कालीकोटमा कोभिड–१९ को संक्रमण बढ्दो




कालीकोट । कालीकोट जिल्लामा कोभिड–१९ को बढ्दो क्रममा रहेको छ । राजनीतिक दलका भेला सम्मेलन नरोकिएका कारणले जिल्लामा कोभिड–१९ को संक्रमण बढेको हो ।
कालीकोट जिल्लामा शुक्रबार बिहान ११ जनामा एन्टिजेन बिधिबाट परीक्षण गर्दा ७ जनामा कोभिड–१९ को संक्रमण देखिएको जिल्ला जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
कोभिड–१९ को संक्रमण देखिएको सबै जना राजनीतिक दलको कुनै न कुनै कार्यक्रममा सहभागी रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
जिल्लामा कोभिड–१९ संक्रमण तिब्र रुपमा बढेको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख कटकबहादुर महत जानकारी दिए । ‘पछिल्लो चरणमा कोभिड–१९ बाट संक्रमितमध्ये ६ जना महिला र ७ जना पुरुष रहनु भएको छ ।’ उनले भने,‘विगतको तुलनामा तेस्रो चरणको कोभिड–१९ लहर भयाभह रुपमा लिएको छ ।’
कोभिड–१९ का संक्रमितहरु विभिन्न होम आईसोलेसनमा रहेका रहेको निमिक्त प्रमुख महतले जानकारी दिनुभयो ।
जिल्लामा हालसम्म कोभिड–१९ बिरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ८१ हजार १८१ जना रहेको र द्रोश्रा मात्रा खोप लगाउनेको जम्मा संख्या ४६ हजार ३१३ जनाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
हालसम्म कालीकोटमा कुल जनसंख्याको ५० प्रतिशतले पहिलो मात्रा र २८ प्रतिशतले दोस्रो मात्रा तथा १२ बर्ष माथिको लक्षित जनसंख्यामा ६५ प्रतिशतले पहिलो र ३७ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाईएको निमिक्त प्रमुख महतले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको