२३ फाल्गुन २०७७, आईतवार

प्रमोद खरेलको गीतमा पुष्प र गरिमाको रोमान्स (भिडियोसहित)



२६ भाद्र, काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको ‘तिम्रै लागि हो भने’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक खरेलकै आधिकारीक युट्युब च्यानलमार्फत् शुक्रबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

नवराज न्यौपानेको शब्द/संगीत रहेको गीतमा कर्साङ लामाको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा पुस्तामाझ निकै रूचाइएका अभिनेता पुष्प खड्का र टिकटकबाट चर्चा बुटुलेकी मोडल गरिमा शर्माको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा प्रेम र समर्पणको भाव समेटिएको छ । निसल पौडेलको छायाँकन र विकास दाहालको सम्पादन रहेको गीतको भिडियो निर्देशन युवराज वाइवाले गरेका हुन् ।

भिडियो हेर्नुहोस् :


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु