२१ मंसिर २०७९, बुधबार

एमाले अधिवेशनः कर्णालीका ४ जिल्लामा चुनाव ४ जिल्लामा सर्वसम्मत




सुर्खेत । नेकपा(एमाले) कर्णाली १० जिल्लामध्ये ८ जिल्ला अधिवेशन सम्पन्न भएको छ । सुर्खेत, जाजरकोट, दैलेख र कालिकोटमा निर्वाचन भएको छ भनेसल्यान, रुकुमपश्चिम, जुम्ला र डोल्पामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।
कालिकोटमा सर्वसम्मत प्रयास गरिएपनि सहमति हुन नसकेपछि रमेश शाही र जसीप्रसाद पाण्डेबीच प्रतिस्पर्धाका लागि बुधबार मतदान भइरहेको छ । हुम्लामा माघ २३ गते अधिवेशन हुनेछ भने मुगुमा मंगलबार उद्घाटन गरिएको भएपनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ ।
चुनाव भएका चार जिल्लामध्ये अमृत विसी र जाजरको खिमबहादुर शाही जिवइ भएका छन् ।
सर्वसम्मत भएको जिल्लामध्ये सल्यानमा गोविन्द पुन, जुम्लामा शान्तिलाल महत, डोल्पा शेरबहादुर बुढा र रुकुमपश्चिममा नन्दराम देवकोटा सर्वसम्मत चयन भएका छन् ।
दैलेखमा फर्जी मत देखिएपछि मतगणना अनिश्चित बनेको छ । कुल ७२१ मतमा ७१७ मत खसेको थियो । मत गणनाको तयारी गर्दा ७ सय ४८ मतपत्र देखिएपछि विवाद बढेको हो । फेरि चुनाव हुने सम्भावना बढी रहेको एमाले दैलेखका एक नेताले बताएका छन् । एमाले दैलेखको जिल्ला अध्यक्षका लागि सुर्यबहादुर शाही र रबिन्द्र राज शर्माबिच तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।
एमाले विवाद समाधान गर्नका लागि नेकपा (एमाले) कर्णाली प्रदेश अध्यक्ष यामलाल कँडेल दैलेख गएको उनका स्वकीय सचिब चतुर्भुज शाहीले जानकारी दिए । दैलेखमा कँडेल दुवै पक्षका नेताहरुसँग छलफल गर्ने तयारी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको