६ आश्विन २०८०, शनिबार

ओली–प्रचण्डबीच छलफल, समस्याको गाँठो फुक्ला ?



२९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच एक साता पछि भेट भएको छ । तन्कीदै गएको विवादलाई समाधान गर्न बिहीबार दुई अध्यक्षबीच भेट भएको बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताएका छन् । पार्टीका शिर्ष नेताहरुबीच अल्झिएको विवाद समाधानतर्फ धकेलिएको चर्चा चलिरहदा दुई अध्यक्षबीचको यो भेटघाटलाई विशेष रुपमा हेरिएको छ ।

अध्यक्षद्वयबीच चलिरहेको छलफलले समस्याको गाँठो फुकाउला त भन्ने सवालमा आशंका मिश्रित भावमा प्रेस सल्लाहकार थापाले भने, ‘कुराकानी भर्खर सुरु भएको छ, सकारात्मक नै हुनुपर्ने हो, हेरौं ।’

दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेको पार्टी यसरी राजनीतिक खिचातानीमा रुमल्लीदा सरकार र पार्टीको आयुमाथी नै प्रश्न खडा भएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको