८ माघ २०७८, शनिबार

दैलेखमा एमालेको निर्वाचनबाट अध्यक्ष चुनिदैँ



सुर्खेत । नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि अध्यक्ष तथा अन्य पदाधिकारीका निर्वाचन हुने भएको छ । उपाध्यक्षबाहेक अध्यक्षसहित सबै पदाधिकारी तथा खुला सदस्य पदमा भने निर्वाचन हुन लागेको हो ।
उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध चयन भएका छन् ।
अध्यक्षमा रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा रुद्रबहादुर शाही र तिलकप्रसाद रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।
उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको छ । आजै नै मतदान हुने नेकपा एमाले दैलेखले जनाएको छ ।
जिल्ला कमिटीमा सदस्यमा भने निर्विरोध निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको