८ माघ २०७८, शनिबार

धाविका सुनमायालाई कर्णाली प्रदेश सरकारद्वारा सम्मान




सुर्खेत । अष्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सोमबार स्वागत तथा सम्मान गरेको छ । थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम हुनु भएकी बुढालाई कर्णाली प्रदेश सरकारद्वारा स्वागत तथा सम्मान गरिएको हो ।
थाइल्याण्डमा भएको ११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगितामा बुढाले दुई हजार प्रतियोगीलाई पछि पार्दै संमग्रमा तृतीय र महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् ।
सोमबार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आएकी बुढालाई भएकी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्वागत तथा सम्मान गरेका हुन् ।
बुढालाई सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो ।
कर्णालीमा सयौं सुनमायाहरु रहेको र उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताए । ‘खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको छ ।’ उनले भने,‘कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको छ ।’
नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको छ ।’ उनले भने,‘हामीले खेलाडीको उच्च सम्मान गर्ने लक्ष्य राखेका छौं ।’
प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेका छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको