८ माघ २०७८, शनिबार

कर्णाली प्रदेशका ४ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन




सुर्खेत । कर्णालीका दश जिल्लामध्ये नेकपा एमालेको जिल्ला अधिवेशनमा चार जिल्लामा सर्वसम्मत नेतृत्प चयन भएको छ । सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन भएका हुन् ।
सल्यानमा गोविन्दकुमार पुन, डोल्पामा शेरबहादुर बुढा, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
सुर्खेतमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा भईरहेको छ । सुर्खेतमा सोमबार निर्वाचन हुँदैछ । कालिकोट, दैलेख र जाजरकोट नेतृत्वका लागि धेरै जना आंकाक्षी रहेका छन् । यी जिल्लामा सर्वसम्मत हुन नसकेमा निर्वाचन हुनेछ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये गत शनिबार ८ जिल्लाका अधिवेशन शुरु भएको थियो । बाँकी रहेका मुगुमा पुस २७ गते र हुम्लामा माघ २३ गते जिल्ला अधिवेशन हुने नेकपा एमालेका कर्णाली प्रदेश सचिव विनोदकुमार शाहले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको