८ माघ २०७८, शनिबार

गठनबन्धनले टुङ्गो लगायो राष्ट्रियसभा उम्मेदवार




सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगाएतका गठनबन्धन दलहरुले उम्मेदवारको टुङ्गो लगाएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट, नेपाली कांग्रेसबाट सुर्खेतकै सहिद पत्नी दुर्गा गुरुङ र नेकपा एकीकृत समाजवादीबाट सल्यानका उदय बोहोरा उम्मेदवार बनाउने गठबन्धन दलहरुले निर्णय गरेका हुन् ।
यसभन्दा अघि नै एमालेले राष्ट्रियसभाका उम्मेदवार चयन गरि सकेको छ । एमालेका चूडामणी शर्मा तथा गंगा थापा महत र पदमबहादुर माझीको नाम टुङ्गो लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको