८ माघ २०७८, शनिबार

कर्णालीबाट माओवादी केन्द्रका २९ जना केन्द्रीय सदस्य, मुगु र दैलेखबाट कोही परेनन्




सुर्खेत । नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन हुदाँ मुगु र दैलेखबाट एक जना पनि परेका छैनन् ।
कैद्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोट जिल्लाबाट चयन भएका छन् भने सबैभन्दा कम डोल्पा जिल्लाबाट रहेका छन् । जाजरकोट जिल्लाबाट ८ जना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट १ जना केन्द्रीय सदस्य बनेका छन् ।
जाजरकोट जिल्लाबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्य पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन् । सत्य पहाडी शक्तिबहादुर बस्नेतको श्रीमती हुन् भने कृष्णा शाह रामदीप आचार्यको श्रीमति हुन् ।
सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्य भएका छन् । घर्ती विष्टको श्रीमती हुन् ।
रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा चयन भएका छन् ।
जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर केन्द्रीय सदस्यम ाचयन भएका छन् ।
कालिकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने केन्द्रीय सदस्यमा चयन भएका छन् ।
सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी चयन भएका छन् ।
हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी केन्द्रीय बनेका छन् ।
डोल्पाबाट काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको