८ जेष्ठ २०७९, आईतवार

प्रदेश सरकारले धाविका सुनमाया बुढालाई २ लाखको पुरुस्कार दिने




सुर्खेत । जुम्लाकी अल्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले २ लाख रुपैयाँ प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने भएको छ । आइतबार बिहान मुख्यमन्त्री एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीज्यूको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले बुढालाई पुरुस्कृत गर्ने निर्णय गरेको हो ।
धाविका बुढाले भर्खरै थाइल्याडमा सम्पन्न थाईल्याण्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ्ग प्रतियोगितामा बुढा महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् । बुढाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट १ सेकण्डमा पुरा गरेकी थिइन् । २ हजार प्रतियोगीलाई उनले पछाडी पारेकी थिइन् ।
त्यस्तै, हालै बंगलादेशमा सम्पन्न भलिवल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगीताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई रु.५० हजार राशीको पुरुस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले जानकारी दिए ।
सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिवलको कवर्ड हल निर्माण गर्ने र कालिन्चोक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदासम्मका लागि बैकल्पिक खेलकुद मैदानको रूपमा प्रयोग गर्ने निर्णय भएको सदस्य सचिव सञ्यालले बताए । ‘मंसिर २० गते शिलान्यास गरिएको प्रदेश रंगशाला निर्माणको प्रगतिमा २८ दिनको अवधिमा माटो परीक्षणको काम सम्पन्न भएकोे, डीप बोरिङको काम भईरहेको, विद्धुतको टान्सफर्मर राख्ने काम भईरहेको, साईट घेरबारको काम भईरहेको छ ।’ उनले भने,‘प्रदेशकै गौरवको आयोजनाको काममा तिब्रता दिइएको छ ।’
प्रदेश गौरवको एक मात्रै आयोजना भएकाले समयमै निर्माण कार्य सक्ने गरेर कार्ययोजनासहित काम सम्पन्न गर्न मुख्यमन्त्रीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी निर्देशन दिएको सदस्य सचिव सञ्यालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको