८ माघ २०७८, शनिबार

हर्क बहादुर शाही स्मृति फाउण्डेशनको दोस्रो साधारण सभा सम्पन्न



१६ पुष, काठमाडौं । हर्क बहादुर शाही स्मृति फाउण्डेशनको दोस्रो साधारण सभा सम्पन्न भएको छ । त्यागी कम्युनिष्ट नेता हर्क बहादुर शाहीको सम्झनामा स्थापित फाउण्डेशनले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी साधारण सभा सम्पन्न गरेको हो ।

पूर्वमन्त्री एवम् दिंवंगत नेता शाहीका समकक्षी प्रेमबहादुर सिहंंको प्रमुख अतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता फाउण्डेशनका अध्यक्ष दिपक बहादुर शाहीले गरेका थिए ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी सिंहले हर्कबहादुर शाही त्यागी, इमान्दार, संघर्षशिल र पश्चिम नेपालको संस्थापक कम्युनिष्ट नेता भएको बताए । कुनै पनि ब्यक्तिगत लाभको पदमा नबसेर सारा जिवन राजनीतिमै समर्पित गर्नुभएका नेता शाहीको सपना सार्थक बनाउने ढंगले काम गर्न फाउण्डेशनलाई सिंहले सुझाव दिए ।

कार्यक्रममा प्रगतिशिल लेखक÷साहित्यकार नरेन्द्रजंग पिटर, वौद्धिक युवा नेता योगेन्द्र शाही, शिक्षाविद मीनबहादुर शाही र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीलगायतका व्यक्तित्वको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको