२९ आश्विन २०७८, शुक्रबार

शुक्रबार १४ सय ५४ जनामा कोरोना पुष्टि, निको हुने दर ७१ प्रतिशत



२६ भाद्र, काठमाडौं । शुक्रबार देशभर थप १४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उल्लिखित संख्यमा सङ्क्रमण पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार आज थपिएकासहित हालसम्म ५१ हजार ९ सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न अस्पतालमा उपचाररत ९ सय ७२ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । यो संख्यासहित हालसम्म कोरोना सङ्क्रमणबाट मूक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको छ ।

सङ्क्रमित हुनेमध्ये निको हुनेको दर ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या १४ हजार ९ सय २५ छ ।

पछिल्लो २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । आज देशभर विभिन्न प्रयोगशालामा १० हजार ७०१ जनाको पसिआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको