८ माघ २०७८, शनिबार

आयात मात्रै हैन निर्यातमा जोड दिउँः मख्यमन्त्री शाही




सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आयातमा मात्र हैन निर्यातमा जोड दिन आग्रह गरेका छन् । युवा उद्यमी तथा व्यवसायी संघ कर्णाली प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा आयात मात्र हुने गरेको निर्यातमा जोड दिन आग्रह गरेका हुन् ।
कर्णालीबाट करोडौ रुपैयाँका बहुमुल्य बस्तु जडिबुटी रहेका कारणले यसलाई कर्णालीमा नै प्रसोधन गरेर निर्यात गर्न सकिए सबै लाभान्दित हुने बताए । ‘हामीसँग बहुमुल्य जडिबुटी रहेको छ । त्यसलाई संकलन गरेर भारततर्फ निर्यात मात्र गरेको छौं ।’ उनले भने,‘कर्णालीमा प्रसोधन गरेर निर्यात गरेको भए बढी फाइदा लिन सक्थ्यौं ।’
कर्णालीमा हाल आयात मात्र भइरहेको निर्यातमा हुन नसकेको मुख्यमन्त्री शाहीले बताए । ‘हामीसँग बहुमुल्य बस्तु च्याउ, झ्याउ स्याउ छ । त्यसको व्यवस्थित गर्न सकेका छैनौं ।’ उनले भने,‘त्यसलाई व्यवस्थित बजारीकरण गर्न सकियो भने हामी धनी हुन कुन बार कुर्नु पर्दैन् ।’
कर्णाली विकासका लागि ६ वटा ‘ब’ लागु गर्न सके यहाँको विकासको ढोका खुल्ने मुख्यमन्त्री शाहीले बताए । ‘बाटो, बिजुली, बजार, विचार, वन र व्यवस्थापन अति आवश्यक हो ।’ उनले भने, ‘विकट प्रदेशमा कनेक्टिभिटी राम्रो भएन भने स्वास्थ्य, शिक्षा र रोजगारीलाई व्यवस्थित गर्न सकिन्छ ।’
कर्णालीको आर्थिक विकासका लागि औधोकिरण आवश्यक रहेको त्यसलाई व्यवस्थित गर्न नसकिएको सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए हामीले कर्णालीमा विकासका लागि साना ठुला लगानीका उद्योग नै सञ्चालन गर्न सकेका छैनौं ।’ उनले भने,‘उद्योगधन्दामा लगानी भित्र्याउन आवश्यक रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको