८ जेष्ठ २०७९, आईतवार

देवरभाउजू बीचको अनैतिक सम्बन्ध लुकाउन सासुको हत्या




सल्यान । देवरसँगको अनैतिक सम्बन्ध लुकाउन सल्यानमा एक महिलाले देवरसँगै मिलेर सासुको हत्या गरेको खुलेको छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ झिम्पे की ७० वर्षीया जमानी बुढामगरको उनको काइँली बुहारी २४ वर्षीया शुशीला र गाउँकै १८ वर्षीय कमल बुढामगरले गत असार ११ गते हत्या गरेको खुलेको हो ।

कमल जमानीको देवर नातापर्ने गाउँकै हुन् । दुई जना मिलेर जमानीको घाँटी थिचेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उनीहरूले जमानीको घाँटी थिचेर हत्या गरेर भर्‍याङबाट लडेर मरेको भन्ने हल्ला फैलाएको प्रहरीले जनाएको छ । भारतमा रहेका अन्य घरपरिवार र छरछिमेकलाई भर्‍याङबाट लडेर मरेको जानकारी गराएर काजक्रिया समेत गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामप्रकाश यादवले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा अनुसन्धान गर्दा मृत्यु नभई हत्या गरेको खुलेको प्रमाण मेटाउन मृतककी माइली बुहारी २८ वर्षीया चमेली र कमलका बुवा बालारामले सहयोग गरेको खुलेको यादवले जानकारी दिए ।

हत्यामा संलग्न र प्रमाण मेटाउन सहयोग गर्ने चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको यादवले बताए । बालाराम, चमेली र शुशीला बुढालाई पुस ३ गते र कमललाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शुशीला र कमलाबीच केही समयदेखि रहेको अनैतिक सम्बन्ध लुकाउन उनीहरूले हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको