८ माघ २०७८, शनिबार

नेपाल जनस्वास्थ्य संघको कर्णाली प्रदेश अध्यक्षमा चौलागाई निर्विरोध निर्वाचित




सुर्खेत । नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितीको आगामी पुस २४ गते हुने निर्वाचनका लागि कर्णाली प्रदेशमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अगावै जुम्लाका लक्ष्मणप्रसाद चौलागाईको नेतृत्वमा नेपाल जनस्वास्थ्य संघको कर्णाली प्रदेश समिति निर्विरोध बनेको हो ।
कर्णाली प्रदेश अध्यक्षलगाएतका ११ सदस्यीय निर्विरोध चयन भएको निर्वाचन समिती संयोजक नवराज कँडेलले जानकारी दिए । ‘कम्तीमा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण सदस्य रहने पेशागत संगठन हो ।’ उनले भने,‘ गैह्रराजनीतिक साझा पेशागत संगठन हो । संगठनको कर्णाली प्रदेश समिति निर्विरोध निर्वाचित भएको छ ।’
त्यस्तै, उपाध्यक्षमा कृष्ण सापकोटा(सुर्खेत), सचिवमा कमल रावत(जुम्ला), सहसचिवमा उमेश गौतम (सुर्खेत) र कोषाध्यक्षमा निराजन चपाई (सुर्खेत) निर्वाचित भएका छन् ।
अन्य कार्य समितिको खुल्ला सदस्यमा भुपेन्द्र शर्मा(दैलेख), टेकबहादुर थापा(दैलेख) इन्द्रा रावल(जुम्ला), मन्जु थापा(जुम्ला) र समावेशी सदस्यमा गौराकुमारी घर्ती मगर (सुर्खेत) निर्वाचित भएको निर्वाचन समितिका संयोजक कँडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको