मधेसी कोटाबाट विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् । मधेसी कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनाअनुसार चौधरीसहित अजय चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेश यादव निर्वाचित भएका हुन् ।