८ जेष्ठ २०७९, आईतवार

एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालन




सुर्खेत। करिब एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल मर्मतपछि आजदेखि सञ्चालनमा आएको छ । विमानस्तलको धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो ।

धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो ।

यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत हुने भएको छ । सोमबारदेखि वायु सेवा कम्पनीहरूले जहाजको टिकट बिक्री खुला गरेका थिए ।

सुर्खेत–काठमाडौँ सिधा हवाई उडान गर्ने बुद्ध एअरले पनि आजदेखि नै नियमित सुर्खेतको उडान गरेको छ । यसबीचमा बुद्धले सुर्खेतको विकल्पमा नेपालगन्जमा एउटा उडान थपेको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको