८ माघ २०७८, शनिबार

कर्णालीका तीन जिल्लाका सडक एक किलोमिटर पनि कालोपत्रे छैनन्




सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा कच्ची तथा पक्की सडक करिब एक हजार ४४१.१९ किलोमिटर सडक सञ्जाल छोएको छ । प्रदेशका दश जिल्लामा एक हजार ४४१.१९ किलोमिटर सडक सञ्जाल जोड्दा पनि डोल्पा, हुम्ला र मुगु जिल्लामा हालसम्म एक मिटर सडक पनि कालोपत्रे भएका छैनन् ।
डोल्पा १०७.२६ किलोमिटर, मुगुमा २७ किलोमिटर र हुम्ला जिल्लामा २७.११ किलोमिटर कच्ची सडक सञ्जालको बिस्तार भएको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) का अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कालिकोट, दैलेख, सल्यान र सुर्खेत जिल्लाहरुमा पक्की सडकको तुलनामा कच्ची सडकको खासै विस्तार भएको देखिँदैन तथापी, यी जिल्लाहरुमा पक्की सडक कालिकोटमा ६५.९ किलोमिटर, दैलेखमा १४८.८१ किलोमिटर, सल्यानमा १४५.०८ किलोमिटर र सुर्खेतमा १८९.२८ किलोमिटर सडक रहेका छन् । यी जिल्लाहरुमा कच्ची सडक कालिकोटमा ३६ किलोमिटर, दैलेख १३३ किलोमिटर, सल्यानमा ३४.४२ किलोमिटर. र सुर्खेतमा ३० किलोमिटर सडक रहेको छ ।
त्यसैगरी, जुम्लामा ९४.७६ किलोमिटर, जाजरकोट १६०.४४ किलोमिटर र रुकुमपश्चिम ६३.७३ किलोमिटर कच्ची सडक निर्माण भएका छन् । तर, यी जिल्लाहरुमा सडक निर्माणमा कच्ची सडकको तुलनामा पक्की सडक सञ्जालको खासै विस्तार भएको देखिदैन । सडक जुम्ला ३१ किलोमिटर, जाजरकोट ३७ किलोमिटर र रुकुमपश्चिममा ४७.४ किलोमिटर पक्की सडक रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको