८ माघ २०७८, शनिबार

कर्णालीमा विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट, उत्पादन १० मेगावाट




सुर्खेत । कर्णाली प्रदेशमा कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएपनि हाल उत्पादन १०.७० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको आ.व. २०७७/७८ मा आधारित ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ अध्यायन अनुसार हाल १०.७० मेगावाट विद्युत् उत्पादन भएको जनाएको छ ।
कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययन अनुसार यस प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता करिब १८,००० मेगावाट रहेतापनि नेपाल विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन २०७७/७८ अनुसार कर्णाली प्रदेशमा हालसम्म जम्मा १०.७० मेगावाट विद्युत उत्पादन भएको छ ।
जसमध्ये सबैभन्दा धेरै ८.५५ मेगावाट विद्युत उत्पादन दैलेख जिल्लाबाट भएको छ भने सबैभन्दा कम डोल्पा र जुम्ला जिल्लाबाट समान ०.२० मेगावाट विद्युत उत्पादन भएको छ ।
दैलेख जिल्लामा रहेका पदम खोला र द्धारी खोला साना जलविद्युत आयोजनाबाट क्रमशः ४.८ मेगावाट र ३.७५ मेगावाट विद्युत उत्पादन भईरहेको छ । त्यसैगरी, हुम्ला जिल्लाबाट ०.५० मेगावाट, मुगु र कालिकोट जिल्लाबाट समान ०.४० मेगावाट र रुकुम पश्चिम जिल्लाबाट ०.३५ मेगावाट विद्युत उत्पादन भएको देखिन्छ । हुम्लाको सिमिकोट र मुगुको गमगढीबाट समान ५० किलोवाट बराबरको सौर्य उर्जा उत्पादन भईरहेको छ । त्यस्तै, सुर्खेत जिल्लामा रहेको ३४५ किलोवाट क्षमताको झुप्रा विद्युतगृह हाल सञ्चालनमा रहेको छैन् ।
कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो भएकोले यहाँका हरेक घर तथा बस्तीमा बिजुलीको सुविधा पु¥याउनु आफँैमा चुनौतीपूर्ण रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको अर्धवार्षिक समीक्षा २०७७÷७८ मा ३,९९० कि.मी. रहेको विद्युत प्रसारण लाईन रहेको त्यसको बृद्धि २०७७÷७८ को असार मसान्तसम्म ५,६३६.४४ कि.मी. पुगेको छ । सबैभन्दा धेरै विद्युत प्रसारण लाईन १,५४३ कि.मी. रुकुम पश्चिम जिल्लामा रहेको छ भने सबैभन्दा कम ५५.२८ कि.मी.जुम्ला जिल्लामा रहेको छ । त्यसैगरी, सुर्खेतमा १,१५९ कि.मी., सल्यानमा १,०९५.५२ कि.मी., दैलेखमा ६४२ कि.मी., कालिकोटमा ५१४.०३ कि.मी., जाजरकोटमा २८९ कि.मी., डोल्पामा १२५.२१ कि.मी., हुम्लामा ११४ कि.मी. र मुगुमा ९९.४ कि.मी. बिद्युत प्रसारण लाईन रहेको छ ।
कर्णाली प्रदेशमा हालसम्म कुनैपनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा नरहेतापनि दैलेख जिल्लामा हाल २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला र ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा रहेका राष्ट्र बैंकले प्रकाशन गरेका तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै, कालीकोट जिल्लामा १२ मेगावाट क्षमताको रुरुबन्चु खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । यी बाहेक कर्णाली प्रदेशमा ८२.३ मेगावाट क्षमताको जगदुल्ला–ए, १९०२ मेगावाट क्षमताको मुगु कर्णाली, १३५ मेगावाट क्षमताको चेरा–१, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली लगायतका अन्य जलविद्युत परियोजनाहरु अध्ययनको क्रममा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको