२१ फाल्गुन २०७७, शुक्रबार

‘पर्पला’ नाममा चलचित्र घोषणा, उपन्यास लेखकले जनाए आपत्ति



२६ भाद्र, काठमाडौं । युवा पुस्ताले निकै रूचाएको उपन्यास हो ‘पर्पला’ । बिना कुनै सल्लाह र अनुमति यहि उपन्यासको नाममा चलचित्र ‘पर्पला’ घोषणा भएपछि लेखक मिलन संग्रौलाले आपत्ति जनाएका छन् ।

आफ्नै उपन्यासको नाममा चलचित्र बन्न लागेको खबर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि लेखक संग्रौला थप आक्रोशित बनेका हुन् ।

उपन्यासको नाम किताबसँग मात्र होइन लेखकको पहिचानसँग पनि जोडिएकाले त्यसको सर्वाधिकार लेखकसँगै हुन्छ । रारापाटीसँग कुरा गर्दै लेखक संग्रौलाले भने, ‘लेखेर बाच्ने हामी सर्जकका लागि आफ्नो कृति आम्दानिको स्रोत पनि हो । जुन लेखकले त्यही पुस्तकलाई आकार दिन तन, मन, मष्तिस्क र समय खर्चिएको हुन्छ उसैको अनुमति नलिई, उसैको कृतिको नाममा चलचित्र घोषण गर्नु कसरी न्याससङ्गत हुन्छ ?’ प्रश्न गर्दै उनले उपन्यासको लोकप्रियतालाई भजाउन खोज्नु आफ्नो लागि पटक्कै सैह्य नहुने बताए ।

अझ उपन्यसको कथामै आधारीत रहेर ‘पर्पला’ चलचित्र बन्ने तयारीमा छ । त्यसको पटकथा आफैले लेख्दै गरेको अवस्थामा एक्कासी अर्कै कथावस्तुमा ‘पर्पला’ नाम राखी चलचित्रको शुभ मुहूर्त गरिएको खबरले स्तब्ध बनाएको संग्रौलाले बताए ।

केहि समय अघि अष्टे«लियामा बसोबास गर्ने केही नेपाली युवाले ‘पर्पला’ चलचित्रको शुभमुहूर्त गरी धमाधम चलचित्र छायाँकन सुरू गरेको थाहा पाएपछि निर्माण पक्षलाई लेखक संग्रौलाले सम्पर्क गरे । सुरूमा उनीहरू सम्पर्कमा आएपनि विस्तारै सम्पर्कमा नआएपछि बौद्धिक सम्पत्तिको रक्षाका लागि प्रतिलिपि अधिकारको रजिष्ट्रार कार्यालयमा निवेदन दर्ता गरेको संग्रौलाले बताए । ‘कानुनी बाटो पहिल्याउदा पनि उहाँहरूले अटेर गर्नुभयो भने त्यसको क्षतिपूर्ति उहाँहरूले नै व्यहोर्नु पर्ने अवस्था आउछ । लाखौं लगानीलाई पानी बनाउनुहुन्न होला ।’ लेखकले भने ।

निर्माता भनिएका मध्ये एक पुकार गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आजबाट शुभ मुहूर्त गरियो । आशा गर्छु हजुरहरूको माया पाउनेछु ।’ “पर्पला” । नाम उपन्यासँग मिल्न गएपनि कथाबस्तु नितान्त पृथक रहेको चलचित्र निर्माण पक्षले जनाएको छ । तर लेखक संग्रौला भन्छन्, ‘सिंगो उपन्यास भित्रको कथा समेट्ने नाम ‘पर्पला’ कसैलाई चलचित्र बनाउनलाई रचिएको होइन ।’

त्यसमाथि शब्दकोषबाट झिकिएको सामान्य शब्द नभएर विशेष परिस्थितिबाट जन्मिएको नाम भएको बताउदै यसबारे छुट्टै लेखमार्फत प्रष्ट पार्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु