८ जेष्ठ २०७९, आईतवार

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित




काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् । बिहीबार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गरिएको मतगणना परिणामअनुसार दुई महामन्त्री पदमा थापा र शर्मा निर्वाचित भएका हुन् । थापाले सबैभन्दा बढी ३०२३ र शर्माले १९८४ मत प्राप्त गरेका छन् । निर्वाचित थापाले डा. शेखर कोइराला प्यानल र शर्माले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै, महामन्त्रीमा उम्मेदवार रहेका प्रकाशशरण महतले १५५०, प्रदीप पौडेलले १४०९, मीनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको