८ जेष्ठ २०७९, आईतवार

कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने




काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् चौधौं महाधिवेशनमा महामन्त्रीका प्रतिस्पर्धी डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने भएका छन् ।

कांग्रेस महामन्त्री अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

महामन्त्री पदको मतगणना जारी भइरहेका बेला उनी पाँचौँ नम्बरमा छन् । केही बेरअघि उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको