८ माघ २०७८, शनिबार

मुम्बइमा समुन्द्रीतट सफाई अभियानमा जुटे ‘प्रेमगीत–३’ निर्माता चन्द



२७ मंसिर, काठमाडौं । सामाजिक अभियन्ता चक्रबहादुर चन्द यतिखेर बहुचर्चित चलचित्र ‘प्रेमगीत-३’को प्राविधिक कामका लागि केहि हप्ता अघिदेखि भारतको मुम्बइमा छन् । चलचित्रका कार्यकारी निर्माता समेत रहेका चन्दले मुम्बई बसाईको समयलाई सदुपयोग गर्दै सागरतट सफाई अभियानमा आफ्नो सक्रियता बढाएका छन् ।

तेस्रो चरणको अभियानमा मुम्बईको वरसवा बीचको सागरतट सफाई गरिएको चन्दले जानकारी दिएका छन् । उनलाई यो अभियानमा यूवा ब्यवसायी तथा समाजसेवी मत्रु अर्याल र वलीउड कलाकार तारा शर्माले साथ दिएका थिए । मुम्बई महानगरपालिकाको फोहोर संकलन साधन र सफाई टीमले समेत आफुलाई सहयोग गरेको चन्दले बताए ।

महानगरपालिकाले समन्द्रीतटमा आउने फोहोरजन्य पदार्थलाई नियमित संकलन गर्दै आएको छ । अभियन्ता चन्दले भने, ‘समुन्द्रीतटमा दिनहुँ जम्मा हुने प्लास्टिकजन्य पदार्थले पृथ्वीमा वातावरणीय प्रभाव डरलाग्दो हुँदै गएको प्रमाणीत गरेको छ ।’

चन्द वागमती सफाई महाअभियानका सक्रिय अभियन्ता पनि हुन् । उनले मेचीमहाकाली सफाई अभियानको माध्यमबाट देशव्यापी सफाई अभियानमा योगदान दिदै आएका छन् । आफू विश्वको जुनसुकै कुनामा पुगेपनि सफाई अभियानलाई निरन्तरता दिनेमा चन्द प्रतिवद्ध छन् ।

चलचित्रका निर्देशक/निर्माता सन्तोष सेन, कार्यकारी निर्माता चक्रबहादुर चन्द र अभिनेता प्रदिप खड्कासहित ‘प्रेमगीत–३’को टीम हिन्दी भाषाको प्राविधिक कामलाई अन्तिम रूप दिन मुम्बइमा रहेका छन् । चलचित्रलाई हिन्दी भाषामा तयार गर्ने क्रममा प्रमेगीत टीम विगत १ वर्षदेखि बेला–बेलामा वलिउड नगरी मुम्बइमा बसेर काम गरिरहेको छ ।

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत–३’ लाई हिन्दी भाषामा तयार गर्न वलिउडका दिग्गज प्राविधिकले कुशलतापूर्वक काम गरिरहको निर्माता चन्दे रारापाटीलाई जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको