२१ मंसिर २०७९, बुधबार

‘आज जानदेउ’ गीतको भिडियो सार्वजनिक, नाजिर र शिक्षाको मनछुने अभिनय



२७ मंसीर, काठमाडौं । आफ्नो ज्यानको बाजी लगाएर कोरोना संक्रमितको ज्यान बचाउने चिकित्सकको हृदयविदारक कथा समेटिएको ‘आज जानदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । संगीत भकारी युट्युव च्यानलबाट शनिबार गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियो हेर्दा अभिनेता नाजिर हुसेन र शिक्षा सङ्ग्रौलाको अभिनयले मन छुन्छ । गर्भावस्थाकी श्रीमतिले नवजात शिशुलाई जन्म दिदा कोरोना संक्रमित नाजिरले अन्तिम स्वास फेर्छन् । श्रीमान्-श्रीमतीबिचको माया र सन्तानको सपनाका बिचमा कोरोना पर्खाल बनेर उभिदिएको दृश्य भिडियोमा हेर्न सकिन्छ ।

सौरभ तिम्सिनाको शब्द रचनामा प्रविण दियालीले संगीत भरेका छन् । सञ्जिव बराइलीको संगीत संयोजन रहेको गीतमा आइतसिंह गुरूङ्गले स्वराङ्कन गरेका छन् ।

अनिल के. मानन्धरको छायाँकन रहेको गीतको भिडियो सम्पादन विष्णुहरी तिम्सिनाले गरेका हुन् । मौसम हिमालीको निर्देशनमा नाजिर, शिक्षा, पृथ्वी खनाल र अन्य कलाकारको अभिनय खुलेको छ ।

गीतको भिडियो हेर्नहोस्ः


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको