७ जेष्ठ २०७९, शनिबार

कांग्रेस केन्द्रीय सदस्यमा जुम्लाबाट दुई महिला नेतृको उम्मेदवारी घोषणा



जुम्ला । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि जुम्लाका दुई महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन् । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल र युवा नेतृ एवं नेपाल निमार्ण व्यवसायी महासंघकी केन्द्रीय सदस्य रामदेवी खड्काले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सेजुवालले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा संस्थापन (देउवा) पक्षबाट उम्मेदवार घोषणा गरेकी हुन् । कांग्रेस जुम्लाका तत्कालीन सभापति मानव सेजुवालको हवाईजहाज दुर्घटनामा परी मृत्यु भएपछि उनकी पत्नी कान्तिका सेजुवाल कांग्रेस जुम्लाको राजनीतिमा सक्रिय छिन् । स्नातकोत्तरसम्मको अध्ययन गरेकी सेजुवाल शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन् ।

केन्द्रीय सदस्य खड्काले संस्थापनइतर (पौडेल) पक्षबाट उम्मेदवारी घोषणा गरेकी हुन् । खड्काले पार्टी नेतृत्वमा युवाको उपस्थिति र भूमिका, एक व्यक्ति एक पदका बारेमा पार्टी र सरकारको नेतृत्वमा युवा महिलाको उपस्थिति, जिम्मेवारी प्रदानका विषयमा असल र सफल नेतृत्व निर्माणजस्ता विषयमा सशक्त भूमिका रहने बताएकी छिन् । उनी ०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिक सांसदको बन्द सूचीमा परेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको