कर्णाली नदिमा मिनी ट्रक खस्दा दुई जनाको मृत्यु
सुर्खेत । कर्णाली करिडोर अन्र्तगतको जगनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको धुलाचौरबाट सुर्खेत जादै गरेको भे. १ (ख) ३४६८ नम्बरको ट्रक जगनाथ गाउँपालिका–६ कर्पी नजिकै ट्रक दुर्घटना हुदाँ दुई जनाको मुत्यु भएको हो ।
मृत्यु हुनेमा बाँके जिल्ला घर भएका चालक मदनलाल जोसी र सवार विपि शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।
मिनी ट्रक दुर्घटना बिहिबार विहान ६ः३० भएको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।