८ माघ २०७८, शनिबार

खाद्यान्न अभाव भएको हुम्लाको लिमीमा दुई सय १५ क्विन्टल खाद्यान्न पु¥याइयो



सुर्खेत । खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीमा २ सय ५० क्विन्टल खाद्यान्न पु¥याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा २ सय ५० क्विन्टल खाद्यान्न पु¥याइएको हो ।
हुम्लाको लिमी क्षेत्रमा खाद्यान्नको चरम अभाव भएपछि लिमीमा वडा अध्यक्ष पाल्जोर तामाङ खाद्यान्न पठाउनु पर्ने माग गर्दै काठमाडौंमा पुगेका थिए । जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत् लिमीमा खाद्यान्न ढुवानी गरिएको हो ।
लिमी क्षेत्रमा २ सय ५० क्विन्टल खाद्यान्न पठाएको यसले करिब ३÷४ महिना खान पुग्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘योे खाद्यान्नले त्यहाँ ३ देखि ४ महिना पुग्छ ।’ उनले भने,‘अभाव भए थप पठाउने छौं ।’
लिमी क्षेत्र हिमाली क्षेत्र भएका कारणले हिमपातका कारणले आवातजावत गर्न समस्या हुने गरेको छ ।
नाम्खाका लागि यस वर्ष एक हजार क्विन्टल चामल ढुवानी गर्न स्वीकृति मिलेको थियो । तर हालसम्म ढुवानी भएको थिएन् । खाद्यान्न ढुवानी समयमा नहुदाँ भोकमरीको समस्या निम्तिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको