८ माघ २०७८, शनिबार

कर्णाली भूगोलबाट एमाले केन्द्रीय सदस्यमा योगेन्द्र शाहीको उम्मेदवारी



१३ मंसीर, काठमाडौं । वौद्धिक युवा नेता योगेन्द्र शाहीले कर्णाली भुगोल खुल्लाबाट नेकपा (एमाले) १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पार्टी विभाजन भएसँगै एकताको पक्षमा उभिएर कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजिनामा दिएका शाहीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

पार्टी एकतालाई थप सुदृढ पार्न सिद्धान्त, आदर्श, निष्ठा र मूल्य मान्यताको राजनीतिका लागि सक्षम युवा नेतृत्वको आवश्यकता खड्कीएको बताउदै आफुले उम्मेदवारी दर्ता गरेको शाहीले बताएका छन् । गतिशिल पार्टी निर्माणका लागि युवा नेतृत्वको आवश्यकतालाई ध्यानमा राखेर अमुल्य मतदान गरी आफुलाई विजयी गराइदिन शाहीले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन् ।

राष्ट्रिय र अन्तरर्राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली छवी बनाएका शाही विगत तिन दशकदेखि निरन्तर कम्युनिष्ट राजनितिमा सक्रिय छन् ।

युवा नेता शाही वि.सं. २०५१ सालमा १८ वर्षको उमेरमा सुर्खेत शिक्षा क्याम्पसको स्ववियु सभापति भई पूर्णकालिन राजनीतिमा प्रवेश गरेका हुन् । वि.सं. २०५५–२०६१ सालसम्म अनेरास्ववियुको प्रचार विभाग, संगठन विभाग र विदेश विभाग प्रमुख भएर उनले विद्यार्थी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका छन् । विश्व प्रजातान्त्रिक युवा संघको उपाध्यक्ष र एसियाली राजनीतिक पार्टीहरुको संगठन (आइक्याप)मा संलग्न भई विश्वका ६० भन्दा बढि देशमा प्रतिनिधि तथा वक्ताका रूपमा शाहीले सहभागीता जनाएका छन् । उनले वि. सं. २०६७–२०६९ सम्म नेपाल लोकतान्त्रिक मञ्च, युरोपको संस्थापक संयोजकको भूमिका समेत सफलतापूर्वक निर्वाह गरेका थिए ।

‘युथ भिजन–२०२५’ निर्माण कार्यदलको संयोजक भएर समेत सफलतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरेका शाहीलाई पार्टीमा विषयवस्तुमा गहिरो अध्ययन भएको वौद्धिक नेताका रूपमा चिनिन्छ । उनले जवाहरलाल नेहरु विश्वविद्यालय, भारतबाट क्षेत्रिय विकास र प्राकृतिक स्रोत साधन व्यवस्थापनमा एमफिलसम्मको अध्ययन पुरा गरेका छन् । शाहीले वाम राजनीति, विकास, भूमि तथा प्राकृतिक स्रोत व्यवस्थापन आदि बारे विभिन्न खोजमुलक लेख तथा पुस्तकहरू समेत लखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको