१० माघ २०७८, सोमबार

कर्णाली प्रदेशबाट एमालेमा केन्द्रीय सदस्यमा २१ जना पर्दा, पदाधिकारी कोही परेनन्



सुर्खेत । चितवन जारी एमालेको दशौं महाधिवेशनमा अध्यक्ष मण्डलले तयार पारेको सूचीमा कर्णालीबाट केन्द्रीय कमिटीमा २१ जना र पदाधिकारीमा कोही पनि राखिएको छैन् ।
यसभन्दा अघि कर्णालीबाट केन्द्रीय सदस्यमा प्रतिनीधित्व गर्ने नेताहरुले यामलाल कँडेललाई केन्द्रीय पदाधिकारी बनाउन माग गर्दै आएका थिए । तर, अध्यक्ष मण्डलले सार्जजनिक गरेको सूचीमा कर्णालीबाट कसैको नाम पनि केन्द्रीय पदाधिकारीमा परेन् ।
अध्यक्ष मण्डलले ३०१ जनाको केन्द्रीय कमिटीभित्र २१ जना कर्णालीका सदस्य रहे पनि पदाधिकारीमा एक जना प्रतिनिधित्व नगराएको एक केन्द्रीय सदस्यले असन्तुष्टी जनाए । ‘केन्द्रीय सदस्यमा कर्णालीबाट न्यून प्रतिनीधित्व भएको छ ।’ उनले भने,‘पदाधिकारीमा कर्णालीबाट शुन्य राखिएकोमा राम्रो असहमति जारी नै रहेको छ ।’
यद्यपी कर्णालीबाट प्रतिनीधित्व गर्ने केन्द्रीय सदस्यहरुले अहिले पनि हामीले पदाधिकारीको माग गरिरहेको ती केन्द्रीय सदस्यले बताए ।
यद्यपी, केन्द्रीय सदस्यहरुले कर्णालीबाट पदाधिकारीमा नराखिएको असन्तुष्टी जनाएपनि निर्वाचनमा कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् ।
कर्णालीबाट यामलाल कँडेल(सुर्खेत), गोरखबहादुर बोगटी (हुम्ला, धर्मराज रेग्मी (दैलेख), निरज आचार्य (जाजरकोट), गुलाबजंग शाह (सल्यान), विष्णु रिजाल (दैलेख), नेशनल शाही (नगेन्द्र) (कालिकोट), दल रावल(हुम्ला), दीपा शर्मा रुपाखेती (सुर्खेत), सिपी घर्तीमगर (रुकुमपश्चिम), मोहन बानियाँ (मुगु), मिना रखाल(दैलेख), तीर्था गौतम (सुर्खेत), दक्षिणा शाही (कालीकोट), मोहनमाया ढकाल (सुर्खेत), राजबहादुर बुढा (दैलेख), नवराज रावत (सुर्खेत), डम्बरबहादुर सिंह, सूर्यकुमारी श्रेष्ठ, भैरवसुन्दर श्रेष्ठ र लक्ष्मी पोखरेल केन्द्रीय सदस्य चयन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको