८ माघ २०७८, शनिबार

एमाले महाधिवेशनको बन्दसत्र मध्यरातमा सुरु, केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै ओली



१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मध्यरातमा बन्दसत्र सुरु भएको छ ।

अध्यक्षमण्डलको बैठक लगतै सुरु भएको बन्दसत्रलाई अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

स्रोतका अनुसार अ‍ोलीले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरिरहेका छन् ।

शनिबार बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । सोही अनुसार आइतबार दिउँसोभरी नेताहरुसँग छलफल गरी नाम प्रस्ताव गरिरहेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको