८ माघ २०७८, शनिबार

अन्तत निर्वाचनमा जाने निर्णयमा एमालेः उम्मेदवारी दर्ताका लागि एक घण्टा, भोली मतदान



१३ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनका लागि सहमतिको प्रयास चलिरहेका बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

केहीबेरमा मतदाता नामावली सार्वजनिक हुने डा.विजय सुब्बाले जानकारी दिएका छन् । उनका अनुसार राति साढे ११ देखि साढे १२ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दावी विरोध, फिर्ता लगायतका प्रक्रिया पुरा गरेर राति २ः १० मा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

निर्वाचन कार्यक्रमअनुसार भोलि विहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको