८ माघ २०७८, शनिबार

चितवनमा एमाले १० औँ महाधिवेशनको भव्य उद्घाटन्



१० मंसीर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशन चितवनको नारायणी किनारमा भव्यरूपमा उद्घाटन भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उद्घाटन समारोहलाई सम्बोधन गर्दै महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

उद्घाटन समारोहलाई विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूले सम्बोधन गर्दै महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा लगायत नेताले सम्बोधन गरेका हुन् ।

एमाले महाधिवेशनमा शुभकामना दिन भारत, श्रीलंकालगायत मुलुकका प्रतिनिधि पनि आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

थप खबरहरु

धेरै पढिएको